खेलकुद

राष्ट्रिय भलिबल टिमको प्रशिक्षकमा बेल्जियमका जान डी नियुक्त

१ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त भएका छन् । ब्रान्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघ एनभीएले जनाएको छ ।

बेल्जियमका जान डी ब्रान्ट ६ महिनाको लागि नेपालको प्रशिक्षक नियुक्त भएका हुन् । उनको कार्यकाल मार्चदेखि अगष्टसम्म हुने संघले जनाएको छ । उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् ।