शिक्षा

गेटा कलेजलाई विश्वविद्यालय बनाउने भन्दै सरकारले झुट बोल्यो : डा. केसी

१ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारमा अन्दोलनरत स्वास्थ्य अभियान्ता डाक्टर गोबिन्द केसीले गेटा मेडिकल कलेजलाई विश्वविध्यालय बनाउने भनेर प्रचण्ड सरकारले अल्मल्याउन खोजेको आरोप लगायका छन् । आज एक विज्ञप्ति निकाल्दै डाक्टर केसीले सरकार पिच्छे आफूखुसी निर्णय फेर्दै जाने हो भने गेटा मेडिकल कलेज अझै ढिला हुदै जाने उनको भनाई छ।

उनले प्रक्रियामा नै छलछाम गरी हचुवाको भरमा कुनै पनि श्रोतको जोहो नै नगरी ठुला आयोजनाको निर्णय गर्नाले कहिले र कस्तो गुणस्तरको शिक्षा सम्भब छ भन्ने प्रश्न उब्जाउने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

केसीले सरकारले आफुसँग गरेको सहमति यथासिघ्र कार्यन्वयन गर्न समेत माग गरेका छन् । उनले सरकारले आफुसँग गरेको सहमति अनुसार गेटा मेडिकल कलेज संचालनको काम अगाडी बढाउन आग्रह समेत गरेका हुन् ।

विज्ञप्तिमा केसीले बाँकेकि निर्मला कुर्मीको न्यायको लागी आन्दोलन गरिरहेका अभियान्ताहरूको माग तुरुन्त सम्बोधन गर्न माग समेत गरेका छन् । उनले आफुले उठाएका मागको अन्य बुँदाहरुलाई कर्यान्वयन गर्न पनि सरकारको ध्याकर्षण गराएका हुन् । यदी सरकारले आफुले उठाएका मागलाई बेवास्ता गरेमा जुनसुकै बेला आफु कडा आन्दोलनमा उत्रन सक्ने पनि चेतावनी दिएका छन् ।