बाग्मती

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा छात्रबृत्ति प्रदान

४ फागुन, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १० जना छात्रहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।


आज काठमाडौं को मिनभवनस्थित विश्वशान्ति बौद्ध शिक्षालयमा अध्ययनरत छात्राहरुलाई १२ हजारका दरले रु १ लाख २० हजार छात्रा बृत्ति प्रदान गरेको हो ।


कम्पनीले गत माघ २२ गते मृत्यु भएका आफ्नो सस्थापक अध्यक्ष हिमाल शमशेर राणाको १२ औं दिनको पुण्यतिथीको अवसरमा उहांको स्मृतीमा उक्त छात्रबृती प्रदान गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष श्री मनोहर दास मुल, सञ्चालक श्री विश्वराज रेग्मी, पूर्व सञ्चालक श्री शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत श्री एन.पि.प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।