बाग्मती

यात्रु ठग्ने विमानस्थलका पसले कारवाहीमा

४ फागुन, काठमाडौं । यात्रुसँग चर्को मूल्य असुलेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा पसलहरुलाई कारवाही गरिएको छ ।

आज अनुगमनको शिलसिलामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यात्रुहरूलाई विमानस्थलमा सञ्चालित पसलेहरूले एमआरपी मुल्य भन्दा तीन गुणा बढी असुलेको कारण विभागले कारबाही गरेको हो ।

चर्को मूल्य लिने ९ वटा पसलहरूबाट उनीहरूले विगतमा गरेको कसुरको आधारमा २ देखि ३ लाखको हाराहारारीमा करिव २५ लाख असुल गरेको विभागले जनाएको छ ।