मनोरञ्जन

अभिनेत्री सुरक्षा पन्त बिबाह गर्दै

५ फागुन, काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले बिबाह गर्ने भएकी छन् । अभिनेत्री पन्तले अभिनेता मानव सुवेदीसँग विवाह गर्ने भएकी छन् ।

स्रोतका अनुसार अभिनेत्री पन्त र अभिनेता सुवेदीले यहि फागुन २५ गते चितवनमा विवाह गर्ने भएका छन् । उनीहरुले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी रहेको जनाएको छ । स्रोतका अनुसार ६ वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए ।