लुम्बिनी

लुम्बिनी प्रदेशमा जसपाले पायो कृषि तथा भूमि व्यवस्था मन्त्रालय

८ फागुन, रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा जसपाका भण्डारीलाल अहिरलाई आज पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

जसपाका संसदीयदलका नेता समेत रहेका अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने भएका हुन् । यसअघि उक्त मन्त्रालय एमालेका तुलसीराम शर्माले सम्हालेका थिए ।

एमालेले ५ मन्त्रालय लिने र जसपा सरकारमा सहभागी हुँदा एमालेकै भागबाट घटाए जसपालाई एक मन्त्रालय दिने सहमति अनुसार नै अहिर मन्त्री बनेका हुन् ।