८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सर्भर डाउन भएपछी गन्तव्यमा जाने यात्रु अलपत्र परेका छन् । अध्यागमनको सर्भर डाउन भएपछी उडान समेत प्रभावित बन्न पुगेको हो ।
करिब एक घण्टा सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल सिस्टम मार्फत हुने चेक जाँच हुन नसक्दा उडान प्रभावित भएको अध्यागमनले जनाएको छ ।
सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल, मलेसियन एयरलगायतका उडान प्रभावित भएको बताइएको हो । विमानस्थल व्यवस्थापनले लापरवाही गरेको भन्दै यात्रुहरू आक्रोशित भएरका छन् ।
यसअघि पनि अध्यागमनमा पटकपटक यस्तो समस्या आउँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई व्यावास्थापनको बारेमा आग्रह गरेपनि समाधान नभएको कर्मचारीहरूको गुनासो छ ।