९ फागुन, मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाको प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने विचार व्यक्त गरेकी छन्। आज मकवानपुरको हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य भवन उद्घाटन गर्दै उनले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउनुपर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले महामारीको रुपमा आउने कोभिड, डेंगु जस्ता रोगसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ हुनुपर्ने भन्दै स्वस्थ नागरिक उत्पादनको लागि बालबालिकालाई हेरचाहसहित पोशणयुक्त खाना खुवाउनुपर्ने बताएकी हुन् ।
‘प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो, दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेका छौं।’ राष्ट्रपति भण्डारीको भनाइ थियो ।
सोही कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलेले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए । उनले ‘प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले यो प्रतिष्ठान निर्माण गरेका हो’, उनले भने, ‘दुर दराजमा पनि स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन हामीले काम गरिरहेको ‘ बताएका हुन् ।