शिक्षा

त्रिवीको पूर्व निर्धारीत परीक्षा वाहेक अन्य सम्पूर्ण कार्यलयहरु बन्द

१२ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यलय लगायत सम्पूर्ण कार्यलयहरु बन्द हुने भएको छ ।

त्रिवी सेवा आयोगका पूर्व अध्यक्ष प्रध्यापक चुडाराज उपरेतीको गत फागुन ८ मा भएको दुखत निधनप्रती शोक व्यक्त गर्न शुक्रवार एक दिन पूर्व निर्धारीत परीक्षा यथावत सञ्चालन हुने गरी अन्य सम्पूर्ण कार्यलयहरु बन्द हुने त्रिवीले जनाएको छ ।