१४ फागुन, चक्रघट्टी । महेन्द्र माध्यमिक बिद्यालयमा एसएलसी समूको अध्यक्षमा दीपनारायण धामी निर्बाचित भएका छन् ।
उक्त बिद्यालयबाट २०५६ सालमा एसएलसी पास हुनेहरु झण्डै चार सयजनाको हाराहारीबाट सर्बसम्मत रुपमा धामी अध्यक्ष चयन भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालीकाको सदरुमुकामको रुपमा रहेको महेन्द्र माध्यमीक बिद्यालय पूर्बी क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ ।
धामीको अध्यक्षतामा गठन भएको समूहको उपाध्यक्षमा साबित्रा ढकाल, भरत बिष्ट, बिनिता कार्की रहेका छन् भने सचिवमा तित्रिगाच्छी स्कुलमा प्राध्यापन गर्ने रामजी चौधरी रहेका छन् । कोषाध्यक्षमा बिना भट्टराई निर्बाचित भएकी छन् भने सदस्यहरुमा लीला निरौला, नबिन श्रेष्ठ, प्रसिद्ध प्रसाई(जोन), लक्ष्मी मुखिया, बिक्रम श्रेष्ठ, गीता कोईराला, अभिनास पोख्रेल, शान्ता घिमिरे, योगनारायण चैधरी निर्बाचित भएका छन् ।
फागुन १३ गतेको समूहको दोस्रो साधारण सभाले उक्त समिति सर्बसम्मत निर्बाचित गरेको सचिव चौधरीले जानकारी दिएका छन् ।
