१४ फागुन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द ईजालासमा हुने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो ।
नाबालिक बलात्कारको आरोपमा पुर्पक्षका लागि जेल परेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपछि सो आदेश विरुद्ध सरकारी वकिलको तर्फबाट पुनः सर्वोच्चमा मुद्दा परेको थियो । लामिछानेले विदेश जाने अनुमति माग गर्दै सर्वोच्चमा दिएको निवेदन उपर र सरकार पक्षबाट दिएको रिट माथि आज सुनुवाइ हुन लागेको हो ।
लामिछानेलाई पाटन उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।