स्वास्थ्य

ॐ हस्पिटल र नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघबीच सम्झौता

फागुन १४, काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र बबरमहलस्थित नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ बीच विशेष छुट सहित सेवा सम्झौता भएको छ ।

ॐ हस्पिटलमा आइतवार आयोजित एक संक्षिप्त कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमवहादुर महत तथा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघका अध्यक्ष सि.ए. दीपक पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फवाट अस्पताल संचालक समितिका अध्यक्षसमेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ, मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. हरिश जोशी, प्रमुख वित्त अधिकृत धुर्व प्रसाद सुवेदी, विजनेश डेभलपमेन्ट म्यानेजर बिनोद अधिकारी र कर्पोरेट सर्भिस तथा क्वालिटी एस्योरेन्स म्यानेजर इरु पौडेल सहभागि थिए ।

त्यसैगरी, सो सम्झौता समारोहमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघका तर्फवाट उपाध्यक्ष सि.ए. शुसिल घिमिरे र कार्यकारी निर्देशक जगदिश गौतम समेत सहभागी थिए । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघका सदस्यहरु, कर्मचारीहरु तथा परिवारजन र आफन्तहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने उदेश्यले ॐ हस्पिटलसँग सम्झौता गरिएको जनाएको छ । सम्झौता अनुसार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघसँग सम्वन्धित व्यक्तिहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालिन आवश्यक सेवाहरु सहजरुपमा विशेष छुट सहित लिन सक्नेछन् ।

सम्झौतामा प्रिभेन्टिभ हेल्थ चेकअप प्याकेज, बेड चार्ज, ल्याब टेस्ट, सर्जरी चार्ज, पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, इन्डोस्कोपि, कोलोनोस्कोपि, रेडियोलोजी सेवा लगायतका परिक्षणहरुमा विशेष छुट प्रदान गरिने जनाइएको छ । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुइ दशक अधिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनसँगै ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३६ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

स्वास्थप्रति जागरुक नागरिकहरुकालागि यस अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।