खेलकुद

 हङकङद्वारा नेपाललाई  १२१ रनको सामान्य लक्ष्य

१५ फागुन, काठमाडौँ । यू-१९ विश्वकपको एसिया छनोटमा आज भएको हङकङसँगको खेलमा नेपालले १२१ रनको लक्ष्य पाएको छ । युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४६.३ ओभरमा १२० रन बनाएको हो। 

नेपालका तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिँदै ३ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । 

स्पिनर दीपेश कँडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।