१५ फागुन, काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा सुरु भएको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए ।उनले ९ ओभर बलिङ गर्दै २८ रन खर्चिए भने कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।
सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए । सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए साथै करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए ।