खेलकुद

सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चको अनुमति 

१५ फागुन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले  विदेश जान अनुमति दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले पाटन उच्च अदालतले धरौटीमा छाड्न दिएको आदेशलाई  सदर पनि गरेको हो ।

अदालतले क्रिकेटर सन्दीपलाई पुनः पक्राउ गर्न जरुरी नरहेको समेत ठहर गरेको छ।

 नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर पाटन उच्च अदालतले काठमाडौँ जिल्ला अदालतको निर्णय उल्टाएर २० लाख  धरौटीमा छाड्न आदेश दिएको थियो ।