खेलकुद

 केपी ओली क्लबलाई हराउँदै मच्छिन्द्र फाइनल प्रवेश 

१५ फागुन । काठमाडौँ । युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको केपी ओली कपमा मच्छिन्द्र फुटबल क्लबले केपी ओली फुटबल क्लबलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबको लागी विमल घर्ती मगरले निर्णायक गोल गरेका थिए । 

विमलले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए । अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो यूथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ । सातदोबाटोले बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनल पुगेको हो ।

आयोजकका अनुसार  प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ नगद र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ ।