खेलकुद

नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले  हरायो 

१५ फागुन, काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको छ।  यसअघि घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासहितको शृखंलामा नेपालले सबै चार खेल जितेको थियो । यो जीत सँगै नेपालको लगातार पाँचौँ जित हो। 

नेपालले अब दोस्रो खेल बिहीबार युएईसँग खेल्नेछ । युएई २८ अङ्क सहित खेल तालिकाको पाँचौँ स्थानमा रहेको छ भने नेपाल २९ अङ्क सहित छैटौँ स्थानमा छ। नेपाल युएई भन्दा १ अङ्कले पछि रहेको छ।  

आज पपुवा न्युगिनीसँगको खेलमा ओपनर कुशल भुर्तेलले अर्ध शतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए ।