खेलकुद

सन्दीपलाई त्रिकोणात्मक सिरिज खेल्न युएई पठाउने क्यानको तयारी 

१५ फागुन, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई  युएईमा भइरहेको पपुवा न्युगिनी र युएईसँग त्रिकोणात्मक सिरिज खेल्न  पठाउने तयारी गरेको छ। सर्वोच्च अदालतले आज मात्र उनलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्नुका साथै विदेशमा गएर खेल्न पाउने अनुमति दिएको थियो। 

 सर्वोच्चले सन्दीपलाई   क्रिकेट खेल्न विदेश जान सशर्त अनुमति प्रदान गरेको हो ।उनीले विदेश गएर फर्केको १५ दिन भित्र आफु फर्केको भनिअदालतलाई जानकारी गराउनु पर्ने सर्वोच्चको सर्त छ । 

 युएईमा जारी  त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली यसअघि नै दुबई पुगिसकेको छ।  सन्दीपले पनि आफू विदेशमा गएर खेल्न पाउनु पर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।  उनको उक्त निवेदनलाई ध्यानमा राख्दै अदालतले सशर्त विदेशमा खेल्न जान पाउने अनुमति दिएको हो । 

सन्दीपलाई  रिप्लेसमेन्टमा युएई पठाउने क्यानको  तयारी रहेको भए पनि उनी गएर खेल्न पाउने नपाउने बारे आइसिसीको निर्णय कुर्नु पर्ने देखिएको छ ।