खेलकुद

यू-१९ विश्वकप छनोटमा मलेसियाले नेपाललाई दियो ७२ रनको लक्ष्य 

१६ फागुन, काठमाडौँ । आइसिसी यू-१९ विश्वकप एसिया छनोटको आज भएको चौथो खेलमा मलेसियाले नेपाललाई  ७२ रनको लक्ष्य दिएको छ

टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको हो । मलेक क्रिकेट मैदानमा भएको खेलमा   मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन मात्रै बनाए । ओपनर हैरिल हरिसनले १२ रन जोडे ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका स्पिनर दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए ।

मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले समान १ विकेट लिए ।