बाग्मती

 बागमती प्रदेशमा एमालेले तत्काल सरकार नछाड्ने

१६ फागुन, काठमाडौँ । बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले केन्द्रबाट निर्देशन नआएसम्म तत्काल सरकार नछाड्ने भएको छ। सङ्घीय सरकारमा रहेका एमालेका सबै मन्त्रीहरूले हिजो सामूहिक राजीनामा दिएर सरकारलाई गरेको समर्थन फिर्ता लिए पनि बागमती प्रदेशमा भने तत्काल सरकार नछाड्ने बताइएको हो । 

बागमती प्रदेश सरकारमा रहेको मन्त्रीका अनुसार केन्द्रबाट आउने निर्देशन अनुसार नै एमालेले निर्णय गर्नेछ ।सरकारको समर्थन फिर्ता लिने अथवा राजीनामा दिने भन्ने बारे अहिलेसम्म एमालेले कुनै निर्देशन दिएको छैन। 

केन्द्र सरकार छोडेको एमालेले प्रदेश सरकारबाट बाहिरिँदा सातै प्रदेशबाट एकै साथ बाहिरिने रणनीति लिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालले अकस्मात् परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बन्दै केन्द्र सरकारबाट बाहिरिएको थियो ।