२२ फागुन,मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएको छ । होलीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, “बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबिच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।”
होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वद्र्धन गर्न सके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उनले विश्वास व्यक्त, गरे। होलीलाई खुसी र सद्भावको पर्वका रूपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ ।
“फागुलाई आपसी खुसी र सद्भावको पर्वका रूपमा ग्रहण गर्दै अनुशासित ढङ्गबाट हामीले मनाउनुपर्दछ”, प्रमुख शर्माले भने।