समाचार

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल राप्रपा कार्यालयमा 

२२ फागुन, काठमाडौँ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका नेताहरूले आज साँझ राप्रपाका नेताहरूसँग भेटेका छन् । राप्रपाको पार्टी कार्यालय पुगेर राष्ट्रपतिका उम्मेदवार तथा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले भोट मागेका हुन् । 

भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न  राप्रपा नेताहरूलाई आग्रह गरिएको  एक नेताले जानकारी दिए। 

आज राति १२ बजेदेखि  राष्ट्रपति निर्वाचनको बारेमा भोट माग्न र प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएपछि आज अन्तिम दिन नेताहरूको भेटघाट बाक्लिएको हो। राष्ट्रपतिको निर्वाचन यही फागुनको २५ गते हुँदै छ । काङ्ग्रेसलगायत आठ दलको तर्फबाट  पौडेल  र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।