बाग्मती

लेखन वृत्तिका लागि अक्षय कोष स्थापना

२४ फगुन, चितवन । विष्णुमाया खरेल लामिछानेको स्मृतिमा लेखन वृत्तिका लागि अक्षयकोष स्थापना हुने भएको छ । अक्षय कोष स्थापनाका लागि बीएम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवनसँग आज सम्झौता भएको छ ।

क्यान्सर रोगका कारण तीन वर्षअघि निधन हुनुभएकी भरतपुर निवासी लामिछानेको स्मरणमा क्यान्सर रोगको सचेतनासम्बन्धी लेखन वृत्तिका लागि लामिछाने परिवारले स्थापनाका गर्न लागेको हो ।

सम्झौतामा फाउण्डेशनका तर्फबाट डा। प्रमोद लामिछाने र महासङ्घका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार तत्काल रू पाँच लाख बिउ पूँजी राख्ने र अक्षय कोषबाट प्राप्त ब्याज रकममा थप गरी प्रत्येक वर्ष रू १ लाखको लेखन वृत्ति रकम खर्च गरिनेछ ।

सम्झौतापछि लामिछानेले अक्षयकोषमा क्रमशः रकम वृद्धि गरी रू २० लाख पु¥याउने लक्ष्य रहेको बताए । कोषबाट प्राप्त ब्याज र लामिछाने परिवारले थप्ने रकमबाट पत्रकारलाई क्यान्सर सचेतनासम्बन्धी लेखन वृत्ति प्रदान गरिनेछ । संकलिन लेख समावेश गरी प्रत्येक वर्ष फाउण्डेशनले पुस्तक प्रकाशन गर्नेछ ।

लेखन वृत्तिसम्बन्धी कार्यविधि महासङ्घले बनाउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । महासङ्घले पछिल्लो समय लेखन वृत्तिका लागि अन्य निकायहरुमा पनि पहल गर्दै आएको छ ।

कार्यक्रममा डा लामिछाने, अध्यक्ष अधिकारी, डा लामिछानेका पिता कृष्णप्रसाद लामिछाने, स्व। लामिछानेकी दिदी सामाजिक व्यक्तित्व मिना खरेल लगायतले भनाइ व्यक्त गरेको थियो ।

लामिछाने र प्रमोद लामिछानेले भरतपुरमा हाडजोर्नीसम्बन्धी अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापना गरी सञ्चालन हुँदै आएको छ ।