राजनीति

पोखराका क्याम्पसमा स्ववियू चुनाव: अझै भएन उम्मेदवारी दर्ता, विवाद आदलत सम्म

३० फागुन, पोखरा । क्याम्पस प्रसासन र विद्यार्थी संगठनबीच विवाद चर्किंदा पोखराका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन न हुने भएको छ। क्याम्पसमा विवाद उत्पन्न भए पछि त्यहा उम्मेदवारी नै दर्ता हुन सकेको छैन । १० हजार भन्दा बढी बिद्यार्थी रहेको क्याम्पसमा तोकिएको समयमा उम्मेदवार को नाम दर्ता गराउन नसक्दा निर्वाचन नहुने पक्का भएको छ।

क्याम्पस र बिद्यार्थी संगठन बिचको विवाद अदालत सम्म पुगे पछि निर्वाचन समितिका पदाधिकारीहरुले राजिनामा दिएका छन्। सबै भन्दा चर्को विवाद पृथ्वीनारायण क्याम्पस मा रहेको छ।

दर्ता हुनु भन्दा आउअवै बिध्यार्थीहरुको व्यक्तिगत बिवरण बाहिरिएको भन्दै प्रमुख बिद्यार्थी संगठन ले तालाबन्दी गरेपछि उम्मेदवर दर्ता हुन नसकेको हो । पृथ्वीनारायण क्याम्पस मा फागुन २५ गते बिद्यार्थीहरुको बीवारण बाहिरिएको हो। ‘एउटा सचिन पौडेल भन्नेले विद्यार्थी समूहको भाइले फोन गरेर भने , यदि त्यसो हो भने प्रमाणसहित हामीलाई पेश गर्नुस् है, त्यसपछि तत्कालै अगाडि बढाउँछौं भनेका थियौं,’ निर्वाचन समितिका सदस्य सचिव बोधराज ढकालले भने ।निर्वाचन समितिलाई विद्यार्थीको विववरण बाहिर आएको जानकारी दिने सचिन पौडेलले भने, होलीको भोलिपल्ट विद्यार्थी संगठनका साथीहरु बसिराखेका थियौं । त्यहीबेला अखिल क्रान्तिकारी (माओवादी)का साथीले फोन गर्नुभयो, डाटा लिक भयो भनेर भन्नुभयो, विद्यार्थीको फोन नम्बरसहित देखाए ।

निर्वाचन अधिकृतको कार्यालयले नाम परिवर्तन गरेर गुरुङ–न्यौपानेलगायतले दर्ता गराएको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो । त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट दिएकी थिइन् ।

पृथ्वीनारायण क्याम्पसमात्रै होइन, पोखराका अन्य आंगिक क्याम्पसमा पनि विवाद बढ्दा स्ववियु उम्मेदवारी दर्ता हुन सकेको छैन ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा मंगलबारमात्रै नेपाल विद्यार्थी संघले तालाबन्दी गरे र उनीहरुले क्याम्पस प्रशासन ले निर्वाचन प्रक्रिया एकलौटी तरिकाले गएको आरोप लगाएका छन् । कास्की जील्लामा नेपाल एमाले र नेकपा माओवादी निकट विद्यार्थी संगठन मिलेर निर्वाचनको भागबण्डा लगाएका छन् ।