आर्थिक

ऋण उठाउन गएका एनआईसी एसिया बैंकका दुई कर्मचारीमाथी आक्रमण, कडा कारबाही गर्न माग

२ चैत, काठमाडौं । पर्वतमा एनआईसी एशिया बैंकका कर्मचारीमाथी आक्रमण भएको छ । एनआईसी एशिया बैंकका म्याग्दीम रहेको एनआईसी एशिया बैंकका साखा प्रमुद बिनोद साप्कोटा र सहायक प्रकाश आलेमाथी आक्रमण भएको बताईएको छ ।

जाजरकोटको दुर्व्यवहार, मकवानपुरमा कुमारी बैंकको शाखा कार्यालयको धरपकड र ज्यादती तथा म्यग्दीमा आज बैंकका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमणप्रति सीबीफीन निन्दा गर्दै आक्रमणकारीलाई कडा कारबाहीको माग गरेको छ ।
पछिल्लो समयमा बैंकले ब्याज बढी लिएको भन्दै सर्बसाधारणहरु नै बैंकको बिरोधमा उत्रिन थालेका छन् । यस्तो अवस्थामा सरकारले पनि थप कुनै कदम प्रभावकारी रुपमा चाल्न नसकेको अवस्था रहेको बैंकरहरुले बताउँदै बिशेष सुरक्षाको ब्यवस्था गर्न आग्रहसमेत गरेका छन् ।
बैंकका कर्मचारीहरु ऋण उठाउनका लागि गएको र दुब्र्यबहार भोग्नुपरेको बताईएको छ ।