समाचार

विश्वासको मत नदिने एमालेको निर्णय

६ चैत्र, काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।

“सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”, बैठकपछि उनले भने, “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास लाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास नगरेकाले मत दिन नसकिने निर्णय भएको हो ।”

संसद्भित्र जनता र देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट सशक्त, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसद्प्रति जवाफदेही बनाउने, संसदीय मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।