समाचार

सञ्चार मन्त्रीशर्मा आइटीयू कार्यक्रममा सहभागी हुन भारतमा

८ चैत्र, काठमाडौँ । सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्मा भ्रमणको क्रममा भारतमा पुगेकी छन् ।

नयाँ दिल्लीमा आज हुने अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुनका लागि मन्त्री शर्मा मंगलवार बेलुका भारत गएकी छन् ।
नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरुलाई निम्तो दिइएकाले मन्त्री शर्मासहभागी भएकी हुन्।