लुम्बिनी

लुम्बिनी प्रदेश प्रमुख  गिरीलाई दिएको समर्थन फिर्ता लिदैँ माओवादी 

९ चैत्र, दाङ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश प्रमुख लिला गिरीलाई दिएको समर्थन फिर्ता लिन आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाइएको छ   । 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आजको बैठकमा छलफल हुने बताएका छन् । महराले भने, ‘सत्ता समीकरण बदलिएसँगै सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आजको बैठकमा हामी छलफल गर्दैछौं,’  ।