१४ चैत, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री बिश्वप्रकाश शर्माले प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक भएको बताएक छन् ।
माहामन्त्री शर्माले ट्वीट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ इंगीत गर्दै लोकतन्त्रमा कसैको पनि बोल्न पाउँने अधिकार हनन गर्न नपाईने बताएका छन् ।
उनले आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गरेका छन् । केहीदिन अगाडी केही युवाहरुलाई प्रधानमनत्तीकै अगाडी बैंकको बयाजदरलगायतको बिरोध गरेको आरोपमा प्रहरीले प्रकाउ गरेर अनुसंधान गरिरहेको छ यसै बिषयमा महामनत्री शर्माको प्रतिकृया आएको छ ।
नेता शर्माको ट्वीटः सम्माननिय @PM_Nepal_ लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन। प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो !
आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।
