राजनीति

स्वर्णीमलाई टिकट दिँदै रबिले भनेः एकको बदला तिन लिएर संसद छिर्ने सपना छ

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले एकको बदला तीन साासद लिएर साँसद भबन प्रबेश गर्ने दाबी गरेका छन् ।
नेपाली काँग्रेस छाडेका स्वर्णीम वाग्लेलाई टिकट दिएको रास्वपाले चितवन २ मा पुन रबि लामिछानेले निर्बाचन लड्नेछन् । काँग्रेसले स्वर्णीमलाई सिटकट नदिई गोबिन्द भट्टराईलाई तनहुँबाट र चितवनबाट जीतनारायण श्रेष्ठलाई टिकट दिने निर्णय गरेपछि स्वर्णीमले काँग्रेस छाडेको घोषणा गरेका थिए । सभापति लामिछानेले उपनिर्बाचनमा तीन स्थानमा जित्ने आफ्नो लक्ष भएको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’