४ चैत, काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेले स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला भनेका छन् ।
रबि लामिछानेका ड्राईभर छतबाट खसेको बिषयमा आएका बिभिन्न नकारात्मक टिप्पणीका बिषयमा सामाजिक सञ्जालमा लेख्दै म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् भनेका छन् ।
उनका शब्दहरुः
आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । ऋःक् (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।
