सूचना प्रविधि

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छः मन्त्री शर्मा

१६ बैसाख, काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् ।

दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याएको बताईन्  ।

उनले भनिन्, “पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यो बारेमा अहिलेको सरकारले कुनै निर्णय नलिएको र यो विषय सोच्नै नसक्ने भन्दै सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइ रहेको बताईन् । 

मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामू लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन् । सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पु¥याउन प्रतिबद्ध रहेको बताईन् । उनले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिईन् ।