१८ बैसाख, काठमाडौं । नेपाल र युएईबिच भईरहेको क्रिकेट खेल पानीका कारण रोकिएको भएपनि पुन: सुरु भएकाे छ। आज किर्तिपूरस्थीत क्रिकेट मैदानमा भईरहेको खेल हेर्न भीड भएको छ ।
खेल रोकिएको खण्डमा मंगलबार पुनः खेल हुनेछ भने मंगलबार पनि खेल नभएमान सपरओभर र पहिलो सुपर ओभर पनि टाई भएमा दोस्रो सुपर ओभर त्यसपछि पनि नभएमा आईसीसीको निर्णय अनुसार नेपाल बिजय हुने देखिएकाे थियाे । नेपाल बरियतामा १४ नम्बरमा र यूएई १९ औं नम्बरमा छन् ।

पछिल्लो समयमा क्रिकेटका दर्शकहरुको संख्या ह्वात्तै बढेको छ । सोमबार बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि खेल प्रभावित बनेको हो । नेपालले टस जितेर बलिङ गरिरहेको थियाे ।

युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको अवस्थामा एक्कासी पानीले खेल प्रभाबित बनाएको छ । हावाहुरी पनि आउने सम्भावना देखिएपछि अनिश्चित देखिएको छ । आजको खेल फाईनल भएका कारण दर्शकहरु झनै उत्साही भएको अवस्था छ । खेल हेर्न माैशमकाे प्रतिकुलताका बीच पनि भीड लागेकाे छ ।
