२४ बैशाख, काठमाडौँ । धनुषाको एक पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा डुबेर अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।