प्रवास

‘जिस्किँदै आज डिभि पर्छ अनि कोहीसँग बोल्दिन’ भन्ने सन्देशको एक्कासी यसरी पर्यो डिभी !

सुबाश मगर/ भाग्यमा त्यतिधेरै विश्वास गर्दिन तर भाग्यमा बिश्वास नगर्ने म आज एकाएक अचम्ममा परेको छु । खै कसरी अभिब्यक्त गरुँ । सन्देश मगर भन्ने मेरो साथीको समय, परिस्थिती अनि भाग्य ।
पटक–पटक प्रयास गर्दा सफल भएर पनि असफल भएको मेरो साथी एकाएक व्याज र पेनाल्टीसहितको सफलता हाँसिल गर्न सफल हुनुभयो । अरु कुरा नभएर सनीवार अमेरीकाले सार्बजनिक गरेको डिभि चिठ्ठा उहाँलाई पर्यो । उहाँले यसअघि दुईपटक कोरियाको इपीएस परीक्षा पास गरेपनि प्रकृया नमिलेर कोरिया जान सक्नुभएको थिएन । धेरै नेपाली युवाहरु झैं सुन्दर भविष्य बनाउनका लागि उहाँ बैदेशिक रोजगारमा जान धेरै भौतारिनुभयो ? उहाँले भन्नुभयो, ‘ कोरियन, जापानीजलगायतका धेरै भाषा अध्ययन गरियो ? उहाँले भप्नुभयो, ‘कति पटक विभिन्न भाषा पढें उत्तिर्ण गरें तर पनि भनेको जस्तो कहाँ हुदौ रहेछ र, पास गरेपनि जान सकिन । अहिले म आफँ अचम्ममा परेको छु यहि समय डीभी पर्नु, यहि समय कोरियन भाषामा नाम निस्किनु ! म साह्रै हर्षित छु ।

उहाँ भन्नुहुन्छ, ‘कसलाई भन्ने ? के भन्ने ? कसरी भन्ने ? । कस्लाई र कहाँबाट सुुरु गरुँ !!! मेरो आज मेरो डिभि नतिजा आकोछ त्यसमा ज्यानको बाजी थापेर जन्म दिई बुढेस्काल पनि नभनी चर्खा चलाएर हुर्काउनु भएको आमालाई धन्यबाद दिएर सुरु गर्नु नि उचित होला । मेरी आमा जसले मेरो खुसीको लागि शिक्षा दिनुभयो अनि त्यसपछि मेरो हरेक पाईलाको प्रगतीका लागि म समस्यामा भएको बेलामा अन्तरजातीय विबाह गरेता पनि यती धेरै सर्मपन र निष्ठा पुर्वक सर्लाहीबाट काठमाडौंमा पकेट खर्च जुटाईदिने जीवन संगिनीलाई पनि धन्यबाद नदिई बस्न सक्छुर ? अथवा मेरो छोरोले मैले जस्तो दुख नपाओस् भनेर कहिले नारायणघाटमा रिक्सा चलाएर त कहिले सुन्धाराको गल्लीमा कपडा बेचेर आफ्ना छोराहरुका भविष्यका लागि जिवनै दाउँमा राखेका बुबालाई धनयबाद दिनैपर्छ अनि भाइहरुको पढाइमा कहिले केहिको पनि कमी नहोस् भनेर आफ्नै पढाई छाडी हामीलाई खर्च जुटाउने मेरा आदरणीय दाईलाई त बिर्षने कुरै भएन ? जापानमा रहेर पनि हरेक अप्ठ्यारा परिस्थितीमा भाषिक र आर्थिक समस्या हुँदा सहयोग गर्ने प्यारो भाईलाई पनि धरै धन्यवाद । यो खुसी सबैभन्दा पहिले कस्लाइ सुनाउँ भनेर दोधारमा थिएँ त्यही समय सुर्यखबर डट् कम अनलाईन पत्रिकामा काम गर्नुहुने पत्रकार साथी सुबाश मगरको घन्टी बज्यो टिङटिङ । अनि त्यहीबाट सुरुवाट भयो मेरो कुराकानी !’

भक्तिपुर ४ सर्लाहीमा जन्मिनु भएका सन्देश सान (सान भनेको जापानीज भाषाको नेपाली रुपान्तरण जी हो) उज्वल भविष्यको ढोका ढक्ढकाउँदै नेपालका अन्य युवा झै काठमाडौँ सहित विभिन्न ठाउँ र कार्यालयहरुमा पुग्ने क्रममा एक दिन भेटघाट हुने संयोग मिल्यो । जापानिज ल्याङगोइज कल्चर सेन्टरमा । भन्दै हुनुहुन्थयो जीन्दगीलाई समयले कहाँ पुराउँछ । र कति साथीहरुसँग भेटघाट गराउँछ । केही छैन घरपरिवारले मलाई जति पटक लडेपनि असफल भएपनि पुन उठेर हिड्ने शाहस दिएको छ र बानी पनि परिसकेको छु ।

“कोरीयामा नाम पहिले नै नाम निस्कियो तर खै नाम निस्किनु बाहेक केही भएन । अब जापानीज भाषा तयारी गर्न आको । कोरीयाले कुराउदा कुराउदा बुढो बनाउने भयो ।” उहाँको जस्तो कैयौँ नेपाली युवायुवतीहरुको गुनासो सुनेको छु । दिमाखलाई नै चक्मा दिएर अर्काको भाषा पढेर नाम निकाल्दा पनि जान पाइदैन, कस्तो विडम्बना !
छोराछोरीलाई जन्मदिएरमात्र असल बुवा बन्न सक्छ र ? आखिर बच्चा त कुकुरले पनि सडकमा जन्माइरहेको छ त ? अनि पछिल्लो डाटा अनुसार युवा–युवतीहरु कति उज्वल भविष्यका लागि विदेशीएका छन्, बिदेशमा कति दुःख छ त्यो बिचार गरेर सरकारले स्वदेशमै काम गर्ने वातावरण दिनुपर्नेभएपनि बिदेश जानु नेपालीहरुको बाधयता भईसकेको छ । यसहिसावले हेर्दा सरकार आफै बिरामी छ भन्दा गलत हुन्न । सरकारले आफैलाई ठिकसँगले उपचार गर्न सकेको छैन । के गर्नु अर्काको भाषा पढ्नु र बिदेशलाई सपना देख्नु त हाम्रो सँस्कार नै बनी सक्यो । यसमा न कसैको परिवार चिन्तित छ, न स्थानीय, प्रदेश वा केन्द्र सरकार ।

यसमा सरकार र नेताहरुलाई मात्र गुनासो गरेर हुदैन, हामी त पढेलेखेका र बुझेका युवा हो नी सोच्न पर्छ, केही विकल्प खोज्नपर्छ किनभने अहिले नेताहरुले काम गर्न नसकेको स्वाीकारीसकेका छन् । कसैले गर्छ कि भन्दा पनि पढेलेखेको मान्छेले आफैं गर्नुपर्छ, प्रगतीको लागि लागिरहनुपर्छ भन्ने मेरो साथीको डिभीले पनि सिकाउँछ ।

ललितपुरस्थीत जाउलाखेलको जापनिज ल्याङगोइज कल्चर सेन्टर (jlcc) मा विदेशलाइनै सुन्दर भविष्य देख्ने हजारौँ १८—३५ वर्ष उमेर समुहका युवायुवती प्रत्यक्ष रुपमा देखेँ । त्यस्ता युवायुवतीहरु सुन्दर भविष्य खोज्दै हजारौँ युवायुवतीहरु जमघटहुने हजारौँ स्थानहरु देखेको छु ।

त्यस्तै डिभी भर्ने लहर देखेर झनै अचम्मित परें । बानेश्बरस्थित क्याम्ब्रीजमा वि. स. २०१८ साल देखी २०६२ साल सम्म जन्मेका हरेक डिभी भर्ने नागरिकहरु डिभी भर्नकै लागि चोक सम्मलाईन बसेको देख्दा सोच्मघ्न भए । यदि नेपालका नागरीकहरुलाई बिदेशजानका लागि कानुनी रुपमा झन्झट नहुने हो भने नेपालमा कति युवायुवती बस्न चाहान्छन् त्यो कसैले यकिन भन्न सक्ने अवस्था छैन । लगभग सबै नेपाली बिदलेश जान्छन् भन्दा फरक नपर्ला ।
बिकासेन्मुख देशका लागि बैदेशी रोजगार र बिप्रेशण आम्दामी बाध्यताजस्तै भएको छ, बनाईएको छ, त्यसमा मलेशीया, दुबई, कतार, साउदी अरेबीयादेखी जापान, अष्ट्रेलीया, युरोपदेखि क्यानडा र अमेरीका जानेहरुको लर्को लाग्ने गरेको छ ।
हिजोमात्र हाँसो ठट्टामा मेरो डिभी पर्छ आज त्यसपछि तपाईहरुसँग बोल्दिन भनेर ठट्टा गरेको सािर्थीको एक्कासी डिभी परेको देख्दा मलाई एकातिर सपना जस्तो लागेको छ भने अर्कोतिर साथीको खुशीमा म अत्यन्तै खुशी छु, यस्तै हासो ठट्टा गर्दा गर्दै सन्देश क्याप्छाकी मगरको ठट्टा वास्तविक जिवनमा परिवर्तन हुँदा असहज परिस्थीती सृजना भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो, “ कोको छौ यहाँ मेरो (friend list मा बोल्ने भए अहिले बोली हाल नभए 9:45 पछि म कोहिसङ्ग पनि बोल्दिन नि।” भनेर उहाँले सामाजिक सञ्जालमा नै लेखेर यसो भन्नुभएको थियो ।
कतिपय नेपालीहरु जसलाई मैदेशीक रोजगार वा अमेरीकाको मत्लव छैन उनीहरुलाई यस बिषयमा खासै वास्ता नहोला तर जो अमेरीकालाई सपनाको सहरको रुपमा लिन्छन् त्यस्ताका लागि भने डिभि वा मेरो साथी सन्देशको कथा ज्यादै महत्वपूर्ण हुन्छ । जे होस सन्देशसानलाई अमेरीकाको यात्राका लागि म साथीको तर्फबाट शुभ यात्रा । अझै अमेरीका जाने प्रकृया धेरै नै होलान् तर उहाँका राम्रा दिन शुरु भएका छन् अव अवश्य नै राम्रो हुन्छ उज्वल भबिश्यको शुभकामना छ । धेरैले डिभी भर्नुहुनेभएपनि केहीकोमात्र पर्छ केहीको स्थानमा उहाँको पनि नाम आएको छ, मेरो साथी भएकाले म अत्यन्तै खुशी छु, र भाग्यले पनि काम गर्दौ रहेछ भन्नेमा मेरो पहिलेको मानसिकता परिवर्तनसकेत भएको छ । साथीलाइ डिभी परेपछि आजबाट बिदेश, अमेरिका, रिमिट्यान्स, नेपाल र मबीचको उत्तर आजबाट खोज्नसमेत थालेको छु ।