समाचार

पाल्पामा झुन्डिएको अवस्थामा दुई वटा शव भेटियो

२६ बैशाख, काठमाडौँ। पाल्पामा झुन्डिएको अवस्थामा दुई वटा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।

तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

दुवै शव सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन।