२६ बैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभर पत्राचार गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव रायमाझीलाई पक्राउ गर्न देशभरका प्रहरी निकायमा पत्राचार गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार रहेका छन् । उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुको आजबाट बयान लिन सुरु गर्ने भएको छ ।