राजनीति

एमाले सचिवालय बैठक बस्दै

२६ बैशाख, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो २ बजे बस्ने सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल हुनेछ ।

केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुने बताइएको छ।

एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।