समाचार

हेलम्बुमा ट्रक पल्टिँदा एक जनाको मृत्यु, चार जना घाइते

२६ बैशाख, काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन् ।

गएराति साढे ८ बजे बा ४ ख ५३८२ नम्बरको ट्रक हेलम्बु गाउँपालिका २ ढोडेनीमा पल्टिँदा ३० वर्षकी पेमा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा र दुई जनाको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।