२७ बैशाख, काठमाडौँ । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
सरुवा र पदस्थापन हुने सहसचिवमा झक्क प्रसाद आचार्य, प्रदीप कुमार कोइराला, दीपकराज नेपाल, कमल राज ढकाल, बद्री नाथ गैह्रेलगायत रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यरत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।