२८ बैशाख, काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुने एमालेले जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका छन्।