समाचार

नेपालमा खोपको प्रभाव : घट्न थाल्यो कोरोना संक्रमण

२८ बैशाख, काठमाडौँ । पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा मात्रै सङ्क्रमण देखियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताए । “भारतमा पनि सङ्क्रमण घट्न थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उनले भने, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।” सङ्क्रमण बाहिरबाट आउने र यहाँ भएका सङ्क्रमितमध्ये सरेर सङ्क्रमण बढ्ने गर्दछ ।

विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइन्छ । यही बैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो ।