राजनीति

एमाले केन्द्रीय समिति बैठक : प्रतिवेदनहरुमाथि समूहमा छलफल हुने

२९ बैशाख, काठमाडौँ । बिहीबारबाट सुरू भएको नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । केन्द्रीय समिति बैठक भोलिसम्म चल्ने एमालेले जनाएको छ ।

हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ ।

आजको बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल हुने महासचिव पोखरेलले जानकारी दिएका छन् । प्रतिवेदनहरुमाथि दिउँसो १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।