समाचार

नेपाल प्रहरीका २२ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

३० बैशाख, काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समिति बैठकले उनीहरूको बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ ।

गौतम कुमार केसी एसपीमा बढुवा सिफारिसको १ नम्बरमा बढुवा सिफारिस भएका छन् । वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।