३० बैशाख, काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।
सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ । शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो ।