३१ बैशाख, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ ।
उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।
भारतीय मौसम विभागले ‘मोखा’ चक्रवातको चेतावनी जारी गरेको छ । विभागका अनुसार बंगालको खाडीमाथि बनेको चक्रवात शक्तिशाली आँधीमा परिवर्तन हुन सक्नेछ । यसमा हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।