३१ बैशाख, काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकामा एक युवाको शव भेटिएको छ ।
गाउँपालिकाको बडा नं १ रुपनी राजविराज खण्डमा शम्भुनाथ नगरपालिका २ बस्ने लुकमानका छोरा २४ वर्षीय मो तफेजुलको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीका अनुसार रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा आइतबार बिहानै उनको शव फेला परेको हो ।
घटनास्थलमा प्रहरी टोली पुगेर उक्त घटनाबारे थप अनुसन्धान गरिरहेका छन् भने घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारिएको छ ।