राजनीति

आफन्तको घरमा बियर खाएर बसेका थिए टोपबहादुर

१ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरारको सूचीमा रहेका टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ परेका छन् । बूढानीलकण्ठस्थित पासिकोटमा आफन्तको घरमा लुकेर बसेका रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

उनी बैशाख ३० गते साँझ मात्र काठमाडौँ आएका बताइएको छ । उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

पक्राउ गरेपछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परीक्षणका बेला उनले चिकित्सकसँग एक गिलास बियर खाएको बताएका थिए ।

उनलाई म्याद थपको लागि प्रहरीले आज अदालतमा उपस्थित गराउँदै छ ।