२ जेठ, काठमाडौँ । दैलेखमा चट्याङ लागेर चार जना घाइते भएका छन् । उनीहरू ए परिवारका रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका २ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका हुन् ।
उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।