३ जेठ, काठमाडौँ । जापानमा बस दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।
जापानी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो ।
बसमा खराबी देखिएपछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो ।